काठमाडौं, फागुन २३ : २०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पु-याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ८० प्रतिशतसम्पन्न भएको छ । चैत भित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङगा विष्फोट गराइ हटाउन नर्दि सफाइ गर्ने काम ८० प्रतिशत काम सकिएको छ जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत पन्तले जानकारी दिनुभयो ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम विग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेटजडान गर्नेगरी तयारी समेत थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुङगा माटो सफाइको काम सकिएकाले चैतसम्म पानी आउने समितिले जनाएको छ ।
गत असार एक गतेको बाढीपहिरोले क्षति पु-याएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।