काठमाडौँ, फागुन २३ : संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ ।
रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ ।
बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ ।
युक्रेनमा जारी लडाईँ तत्काल रोकिने कुनै सम्भावना छैन । युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।