प्रिमियर लिग : म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो, आर्सनलसँग वाट्फोर्ड पराजित

  फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित  गरेको छ ।

गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे ।  युनाइटेडका जाडोन सान्चोले एक गोल गरे । जितसँगै शीर्षस्थानको सिटीले २८ खेलमा ६९ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने ४७ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले  पराजित गरेको छ । जितपछि आर्सनलको ४८ अङ्क भएको छ । आर्सनल अङ्क तालिकाको चाैथो स्थानमा छ भने वाट्फोर्ड १९ अङ्कसहित १९औँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया