नेपालले एकै महिना तीन अन्तर्राष्ट्रिय सिरिज खेल्ने

  फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ :  नेपाली राष्ट्रिय क्रिकेट टिममा घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज हुने पक्का  भएको हो ।

यस्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुने पनि तय भएको छ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।

पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ । टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ ।

त्यसअघि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज युएईमा चैत २ गते सुरु हुनेछ ।

यससँगै नेपालले चैत महिनामा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। हाल नेपाली टिम लिग-२ को तायरीका लागि श्रीलंकामा रहेको छ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया