काठमाडौँ, फागुन २१ : आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर-नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ-सिमराको ९० रुपैयाँले बढेको छ ।
यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ-धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल-डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।
कुन रुटमा कति पुग्यो भाडा ? तालिका हेर्नुहोस्