‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा

  फागुन १८, २०७८

कैलाली, फागुन १८ : धनगढीमा भोलिदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताका लागि खेल मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको बताउनुभयो । यस्तै आज पत्रकार सम्मेलनमार्फत ट्रफी पनि सार्वजनिक गरिएको छ ।

भोलि हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । प्रतियोगितामा १० टिमको सहभागिता रहने बताइएको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ–मस्र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, न्यूरोड टिम ९एनआरटी०, नेपाल आइस हिमालयन शेर्पा क्लब, नव जनजागृति युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, दिल्ली फुटबल क्लब भारत, एभेनिर फुटबल क्लब क्यामरुन र एनआइबिएल फ्रेन्डस क्लब काठमाडाँै गरी १० टिम सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको यस प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै विभिन्न विधाका उत्कृष्टलाई रु १५/१५ हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ खेलाडीलाई रु १० हजार दिइनेछ । यस्तै प्रतियोगिताका लागि रु एक करोड ४० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । उक्त फुटबल प्रतियोगिता देशकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया