प्रिमियम फाइभजी स्मार्टफोनका मिडियाटेक डाइमेन्सिटी ८००० सिरिज सार्वजनिक भएको छ । मिडियाटेकको फ्ल्यागशिप डाइमेन्सिटी ९००० एसओसीले उपभोक्ताको हातमा पुग्ने बाटो बनाउन बाँकी नै छ ।
तर कम्पनीले यस अघि नै फाइभजी स्मार्टफोनका लागि थप दुई ओटा चिपसेट सार्वजनिक गरिसकेको छ । टीएसएमसीको ५ एनएम उत्पादन प्रक्रियामा तयार भएका डाइमेन्सिटी ८००० र डाइमेन्सिटी ८१०० का लागि अक्टा-कोर सीपीयूको फिचरका साथै डाइमेन्सिटी ९०० बाट अन्य थुप्रै फिचर लिइएको छ ।
यसै अङ्ग्रेजी वर्षको पहिलो त्रैमासिकमा यो नयाँ चिपसेट रियलमी र साओमीका स्मार्टफोनहरूका साथ देखा पर्नेछ । जसले प्रयोगकर्तालाई तुलनात्मक रुपमा सर्वसुलभ मूल्यमा फ्ल्यागशिप स्तरको पर्फर्मेन्स दिनेछ
मिडियाटेक डाइमेन्सिटी ८००० का फिचरमा अक्टा-कोर सीपीयू, २.७५ गिगाहर्जसम्मका चार ओटा एआरएम कोर्टेक्स-ए७८ कोर र चार ओटा २.० गिगाहर्जसम्मको एआरएम कोर्टेक्स-ए५५ आदि रहेका छन् । गेमिङ र ग्राफिक्स सम्बन्धि कामका लागि एआरएम माली-जी६१० एमसी६ जीपीयू एसओसी प्याक दिइएको छ ।
यो जीपीयू फुल एचडी प्लस डिस्प्लेलाई १६८ हर्जसम्मको उच्चतम् रिफ्रेश रेटमा चल्न सक्छ । जसमा फोरके एभी१ मिडिया डिकोडिङ सपोर्ट समेत समावेश छ । तस्वीरका लागि डाइमेन्सिटी ८०० ले इमेजीक्यू आईएसपी राखिएको छ ।
जसले एकसाथ डुअल क्यामेरा एचडीआर भिडिओ रेकर्डिङ, २०० मेगापिक्सेल क्यामेरा सपोर्ट, एआई-मोसन अनब्लर, एआई-एनआर तथा एचडीआर फोटो र क्षति रहीत २एक्स जुमलाई सपोर्ट गर्न सक्छ । यसका साथै एसओसीमा मिडियाटेकको पाचौँ पुस्ताको एपीयू ५८० फिचर समेत रहेको छ ।
जुन पुरानो डाइमेन्सिटी चिपसेटमा हुने एपीयू तुलनामा २.५ गुणा फास्ट रहेको छ । यसले एआई क्यामेरा फिचरदेखि मल्टिमिडिया लगायतका थुप्रै प्रकारका एआई अनुभवका लागि सहयोग पुर्याउन सक्छ ।
कनेक्टिभिटीको कुरा गर्दा डाइमेन्सिटी ८००० ले ब्लुटुथ ५.३, वाई-फाई सिक्स ई २x२, डुअल-लिङ्क ट्रु वायरलेस स्टेरियो सपोर्ट, डेइडो ३-बी१सी सिग्नल सपोर्ट सहित ब्लुटुथ एलई अडियो, फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाई कनेक्टिभिटी फिचर सपोर्ट गर्ने ३जीपीपी-१६ फाइभजी मोडेम रहेको छ ।
यस बाहेकका फिचरमा ४.७ जीबीपीएससम्मको डाउनलिङ्क पर्फर्मेन्स र २सीसी क्यारियर एग्रिगेसन (२०० मेगाहर्ज) सपोर्ट रहेका छन् ।
मिडियाटेक डाइमेन्सिटी ८१०० डाइमेन्सिटी ८००० भन्दा थोरै माथि रहेको छ । यसमा पनि चार ओटा एआरएम कोर्टेक्स-ए७८ कोर फिचर सहित अक्टा-कोर सीपीयू र चार ओटा एआरएम कोर्टेक्स ए५५ कोर रहेका छन् ।
डाइमेन्सिटी ८१०० ले कोर्टेक्स-ए७८ फर्फर्मेन्स २.८५ गिगाहर्जसम्म विस्तार ग र्न सक्छ । अक्टा-कोर सीपीयू पनि माली-जी६१० एमसी६ जीपीयूको साथमा गाँसिएको छ ।
जसले एकसाथ एचडीआर भिडिओ रेकर्डिङ, २०० मेगापिक्सेल क्यामेरा सपोर्ट, फोरके, एचडीआर १० प्लस भिडिओ क्याप्चर, एआई मोसन अनब्लर तथा एचडीआर फोटो र क्षतिरहित दुई गुणा जुम प्रदान गर्दछ । डाइमेन्सिटी ८०० ले जस्तै डाइमेन्सिटी ८१०० फिचरमा मिडियाटेकको पाँचौ पुस्ताको एपीयू ५८० रहेको छ ।