काठमाडौँ, फागुन १६ : साओमीले नेपाली बजारमा रेड्मी नोट टेन सिरिजको नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले सोमबार ६००० एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट टेन प्राइम’ सार्वजनिक गरेको हो ।
यो फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरा छ, जसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्योमरा, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
मिडियाटेक हेलियो जी८८ प्रोसेसर रहेकाे फोन एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्दछ ।
फोनमा ९० हर्जको एडप्टिभ रिफ्रेश रेट सहित ६.५ इन्चकाे एलसीडी डिस्प्ले छ । त्यस्तै १८ वाट फास्ट चार्जिङ र ९ वाट रिभर्स चार्जिङ सपोर्ट सहित ६००० एमएएचको ब्याट्री दिइएको छ ।
नेपाली बजारमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टाेरेज भएकाे फाेनको मूल्य २० हजार ९९९ छ भने ६ जीबी र्याम र १२८ जीबी भेरियन्टको मूल्य रु. २३,९९९ रहेकाे छ ।