चेल्सीलाई सडनडेथमा हराउँदै लिभरपुल च्याम्पियन

  फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : काराबाओ कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई सडनडेथमा ११–१० गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थप समयमा गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत बराबरीमा सकिएको खेल सडनडेथमा पुगेर लिभरपुलले जित्यो । सडनडेथको अन्तिम प्रहारमा चेल्सीका किपा एरिजावालगा चुकेपछि लिभरपुल भाग्यमानी बन्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले राम्रो अवसर बनाएपनि गोल गर्न सकेनन् । टाइब्रेकर र सडनडेथमा लिभरपुलका सबै ११ खेलाडीले गोल गर्दा चेल्सीका १० खेलाडले मात्र गोल गरे । जितसँगै लिभरपुल सर्वाधिक काराबाओ कप जित्ने टोली पनि बनेको छ । लिभरपुलले नौ पटक उपाधि जितेको छ । लिभरपुलपछि म्यानचेस्टर सिटीले आठ पटक उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया