काठमाडौँ, फागुन ५ : प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ ।
प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरको संगीत रहेको छ । नयाँ भर्सनमा एरेन्ज उदयराज पौडेलको छ ।
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको गीतको भिडियो क्रान्ति केसीको निर्देशनमा बनेको हो ।