ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ अफर, क्युआर भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

  माघ २८, २०७८

काठमाडौँ, माघ २८: ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको छ।

जसअन्तर्गत ग्राहकहरुले क्युआर कोडमार्फत भुक्तानी गर्दा १५प्रतिशतसम्म क्यासब्याक पाउने छन्।

फाल्गुन १ र २ गते सामान खरिद गर्दा ‘मेरी उनीलाई‘ लेखि क्युआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ।

भ्यालेन्टाइन डेको अवसर पारेर ग्राहकहरुले आफ्ना प्रिय पात्रहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न यो अवसर ल्याएको बैंकको भनाई छ।

हाल बैंकले ७६ जिल्लामा २८७ शाखा विस्तार गरिसकेको छ। त्यस्तै २५२ एटिएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

 

 

तपाईको प्रतिक्रिया