काठमाडौँ, माघ २८ : अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयको राजस्व महाशाखा प्रमुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कार्यदलमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक/एक जना उच्च अधिकारीहरु छन् ।
डिजिटल प्रविधि प्रयोगमार्फत राजस्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न विशेष कार्यादल गठन गर्ने घोषणा गरेका हुन् ।
क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, हाइपर लगायतका डिजिटल नेटवर्किङ जस्ता अवैध कार्यबाट मुलुकको लगानीयोग्य पूँजी पालायन भइरहेको मन्त्रालयको ठहर छ । यसलाई नियनत्रण गर्न कार्यादल बनाएको मन्त्रालयको भनाई छ ।