सरानाको ‘मिठो बोली’ सार्वजनिक

  माघ २३, २०७८

काठमाडौं, माघ २३ : गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक गरिएको छ । भिडियो हाई वेभ इटरटेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज रहेको छ । गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सारा श्रेष्ठकै निर्देशन छ ।

तपाईको प्रतिक्रिया