बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

  माघ २२, २०७८

झाङजियाकोउ, चीन, माघ २२ : शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उहाँले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोड्नुभएको छ ।

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया