काठमाडौं, पुस २५ : बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाहको एक महिना पूरा भएको छ ।
यस अवसरमा कट्रिनाले पति विक्की कौशलको लागि विशेष पोस्ट सेयर गर्दै विवाहको एक महिना पूरा भएकोमा शुभकामना दिनुभएको छ । यस पोस्टमा कट्रिनाले विक्कीसँगको सेल्फी पनि शेयर गर्नुभएको छ ।
तस्बिरमा दुबैको अनुहारमा खुसी देखिन्छ । यो तस्बिर सेयर गर्दै कट्रिनाले क्याप्सनमा लेख्नुभएको छ, ‘ह्याप्पी वन मन्थ माई लभ ।’
यस्तै, विक्की कौशलले पनि कट्रिनासँगको तस्बिर सेयर गर्दै लेख्नुभएको छ,’फरइभर टु गो ।’ यो तस्बिरमा दुवैजना सँगै नाचिरहेका देख्न सकिन्छ ।