काठमाडौं, पुस १ : गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात् ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याउनु भएको छ ।
गायक बिन्तीकुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको स्वर रहेको छ । मोडल उर्मिला गुरूङ र मनोज गुरूङको सशक्त अभिनय रहेको गीतको छायांकन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको डडुवा दुर्छा र करापु गाउँमा छायांकन गरिएको हो ।
सार्वजनिक गीतमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवा युवतीको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ । भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गर्नुभएको हो । गीतमा टेकमान गुरूङको छायांकन तथा र नेत्र गुरूङको सम्पादन रहेको छ ।