काठमाडौँ, मङ्सिर १४ : ब्राजिल एवं फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार नेमार आठ साता मैदान बाहिर रहनुहुने भएको छ ।
फ्रेन्च लिग वान अन्तर्गत सेन्ट इटिनेविरुद्धको खेलमा घुँडाको गम्भीर चोट बोक्नुभएका नेमार लामो समय मैदान बाहिर रहनुपर्ने पीएसजीले जनाएको छ ।
आइतबार राति भएको सेन्ट इटिनेविरुद्धको खेलमा नेमार घाइते हुनुभएको थियो । उक्त खेलमा पीएसजीले सेन्ट इटिनेलाई ३–१ गोलले पराजित गरेको थियो ।
चोटका कारण नेमारले लिग वानमा सात र च्याम्पियन्स लिगका खेल समेत गुमाउनु पर्नेछ । नेमारले आगामी जनवरीमा कतारमा खेल्ने फिफा क्लब विश्वकपमा भने खेल्नसक्ने बताईएको छ ।
२९ वर्षीय नेमारले यससिजन पीएसजीका लागि १४ खेल खेल्दै तीन गोल गर्नुभएको छ । पीएसजी अहिले लिगको उपाधि दौडमा निकै अगाडि छ ।
लिगमा १५ खेल सकेको पीएसजीको १५ खेलबाट ४० अंक पुगेको छ । दोस्रो स्थानमा आसिन रेनेसको २८ अंक छ ।