नवलपरासी कातिक ३० : प्रेमलाल खरेल राजनीतिकर्मीसँगै सफल किसान । विदेशको लामो बसाई पछि स्वदेशमै केही गर्नुु पर्दछ भन्ने भावनाका साथ अहिले निरन्तर कर्म क्षेत्रमा तल्लीन खरेल मिजासिला र कर्मक्षेत्रमा अरोरात्र खटिईरहने कृषकका रुपमा आफनो परिचय बनाउन सफल हुनुहुुन्छ ।
तीन बर्षको डेनमार्कको बसाई ,दुुई बर्ष कतार र दुुई बर्ष भारतको बसाइपछि स्वदेशमा बसेर स्वदेशमै केही गर्नुुपर्दछ भन्ने उर्जा बोकेर खरेलले अहिले संयुुक्त नमूना कृषि फार्म संचालनमा ल्याएर सफल किसानका रुपमा आफूलाई अब्बल साबित गर्नुभएको छ ।
गाई पालनमा सबै किसानको चाहाना दूध बिक्री गरेर मनग्ये आम्दानी लिने हुुन्छ तर खरेलको चाहना भने फरक छ ,उहाँले अहिले आफनो फर्ममा ८२ वटा होल्स्टेन र जर्सी क्रसका गाईहरु पाल्नुभएको छ र दैनिक तीन सय लिटर दुध बिक्री गर्नुहुन्छ तर लगानी अनुसार दूधले मुनाफा लिन नसकेको बताउनुहुन्छ कृषक खरेल । उहाँले दूध बिक्रीभन्दा पनि फर्ममा बाच्छी उत्पादनमा लाग्नुुभएको छ उहाँको फर्ममा अहिले पनि २० भन्दा बढी साना बाच्छी छन् र ती बाच्छीहरु बिक्री गरेर मुनाफा लिने सोचका साथ उहाँ अगाडि बढेको बताउनुुहुुन्छ ।
फर्ममा रहेका गाईहरुबाट जन्मेको बाच्छीहरुको स्याहारसुुसार गरेर उनीहरुलाई राम्रोसँग हुुकार्उन सकियो भने दूध बिक्रीले भन्दा बाच्छी उत्पादन पछि बिक्री गर्दा राम्रो आम्दानी हुुने कृषक खरेल बताउनुुहुुन्छ । राम्रो नश्ल बाच्छी को एक लाख रुपियासम्ममा बिक्री हुने र दूध बिक्रीभन्दा बाच्छी बिक्रीले बढी फाइदा मिल्ने कृषक खरेलले बताउनुुभयो ।
बजारमा अहिले सबै चीजको मूल्य बढेको ,दूधको मूुल्य कमी भएको ले पनि लागत अनुुसार मुुल्य नपाउँदा दूध किसानहरु मर्कामा परेका कृषक खेललको भनाइ छ । उहाँले अहिले दुई बिघा जग्गामा घाँस रोप्नुुभएको छ भने दाना आफैंलै बनाउने गरेको पाँच कठ्ठामा गाईको गोठ बनाएर गाईपालन गरेको बताउनुुभयो । फर्ममा छ जनालाई रोजगारी दिएको सरकारी अनुुदान कतैबाट नपाएको गुुनासो गर्नुुभयो । राज्यले दूधमा जसरी मुुल्य निर्धारण गरेको छ दानामा पनि मुुल्य निर्धारण हुुनुुपर्ने कृषक खरेलको भनाइ छ ।
भारतबाट दूधको आयात बन्द गरी स्वदेशमै दूधको उत्पादनलाई बढावा दिनुुपर्दछ खेरलले भननुुभयो दूधमा अहिले कायम भएको सरकारी मूल्यले किसानलाई राहत होइन आहत पुुगेको छ । राजनीतिमा सकृय खरेल नवलपरासी पूुर्ब गैंडाकोट नगरपालिका वडा नं १० का नेपाली काँग्रेसका वडा सभापति समेत हुुनुुहुुन्छ । सफल किसानका रुपमा आफनो ब्यक्त्त्वि बनाउन सफल खरेल पार्टीमा पनि भद्र र शालीन नेताका रुपमा परिचित रहेको स्थानीय बताउँछन । ३७ वर्षीय खरेल मुुकुुन्दपुुरका सफल कृषकका रुपमा परिचित मात्रै होईन गाई भैंसीपालन गर्ने कृषकका लागि सहयोगी पनि हुुनुुहुुन्छ स्थानीय समाजसेवी बिमल राउत बताउनुुहुुन्छ ।