काठमाडौँ, कात्तिक १७ : लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार दीक्षान्त समारोहमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वयलाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले महिला तेक्वान्दो खेलाडी आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको हो ।
१३ औँ दक्षिण एसियाली खेलकुदमा दुई छोराकी आमा आयशाले दुई स्वर्ण पदक जित्नुभएको थियो । सोही सागमा निशाले पनि नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । प्रशिक्षण शिविरमा रहेकी हुनाले निशा सो समारोहमा उपस्थ्ति हुन सक्नुभएन । उहाँको भाइले निशाको सम्मान ग्रहण गर्नुभएको थियो ।
सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वको पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्लाक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरियो । दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुनुहुन्छ । लिटल स्टार तेक्वान्दोले दिग्विजयलाई नेपालकी सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दावी गरेको छ ।
सो कार्यक्रममा लिटल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दीक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरेको थियो । सो सम्मान समारोहमा तेक्वान्दो खेलाडीहरुको समूह कपन टाइगर्सले मनारोञ्जनात्मक प्रस्तुति दिनुका साथै दिक्षित भएका तेक्वान्दो खेलाडीले आप्mनो खेल कौशलको प्रदर्शन गर्नुभएको थियो ।