डबलिन, भदौ १७ : युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स -यानएअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ । गत वर्षको सोही अवधिमा भन्दा यूरोपेली विमान कम्पनी -यानएअरले ५८.५७ प्रतिशत बढी कारोबार गर्न सफल भएको कम्पनीले जनाएको छ ।
आयरल्याण्डमा मुख्यालय रहेको एयरलाइन्सले अगस्तमा सरदर ८२ प्रतिशत यात्रु बोकेर कूल ७१ हजार उडानहरू सञ्चालन गरेको बताएको छ । योे गत महिनाको तुलनामा दुई प्रतिशतले वृद्धि हो ।
-यानइएरले जारी गरेको मासिक ट्राफिक तथ्याङ्कले देखाएअनुसार अप्रिलदेखि लगातार पाँचौं महिनासम्म यात्रुहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको देखिएको छ । गत पाँच महिनामा आर्थिक स्थितिमा तीव्र सुधारको बावजुद कम्पनीको अगस्तको कारोबार अझै पनि अगस्त २०१९ मा रेकर्ड गरिएको महामारी पूर्वस्तर भन्दा २५.५ प्रतिशत कम रहेको छ ।
सन् २०१९ मा यस कम्पनीले एक करोड ४९ लाख यात्रुहरूलाई सेवा प्रदान गरेको थियो । रलाइनले सम्हालेको थियो । -यानइअरले खासगरीे मुख्यतया युरोप तथा उत्तर अफ्रिकामा छोटो उडान सञ्चालन गर्छ ।