काठमाडौं, भदौ ८ : नेपालको राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । ओमान र अमेरिका सम्मिलित एकदिवसीय श्रृखंला खेल्न नेपाली टोली आज बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सलाम एयरको विमानबाट ओमान प्रस्थान गरेको हो ।
नेपाल क्रिकेट सङ्घका अनुसार १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक गरी कुल २२ जनाको टोली आजै ओमान पुग्नेछ । खेलाडी अतिरिक्त टोलीमा प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाऊद अन्सारी, टेक्निकल एनालिष्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल रहनुभएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्न नेपाली टोलि ओमानतर्फ लागेको हो । १३ सेप्टेम्बरमा लिग २ खेल्नुअघि नेपालले तयारी स्वरुप पपुवान्यूगिनी विरुद्ध दुई म्याचको एकदिवसीय शृङ्खला खेल्नेछ ।