काठमाडौं, भदौ ६ : फुटबल सञ्चालनको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अफगान महिला फुटबल टोलीका सदस्यहरुलाई आपातकालीन उद्धार गर्नुपर्ने बताएको छ । फिफाले उद्धारका लागि केही राष्ट्रलाई आग्रह गर्दै पत्राचार गरेको छ ।
तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि फुटबल टोलिका सदस्य त्रसित छन् । खेलाडीको संगठन (फिफप्रो)ले समेत खेलाडी उद्धारमा सहयोगका लागि अपील गरेको छ । फिफाले भनेको छ, “अफगानिस्तानको स्थिति अस्थिर र अत्यन्तै चिन्ताजनक रहेको छ ।”
अफगानिस्तानको राष्ट्रिय महिला टोलीका पूर्ब कप्तान खालिदा पोपलले खेलकूद निकायलाई खेलाडीको सुरक्षामाथि ध्यान दिन आग्रह गर्नुभएको थियो । तालिबानको शासनमा अफगानिस्तानमा छुटन पुगेकाले कठीन समस्याको सामना गर्नुपर्ने उहाँले दाबी गर्नुभएको थियो । तालिबानले नियन्त्रणमा लिएदेखि अधिकांश खेलाडी लुकेर बस्नुपरेको जनाइएको छ ।