बार्सिलोना एक अर्ब १५ करोड पाउन्ड ऋणमा

  भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : अध्यक्ष जोआन लर्पोटाले बार्सिलोना एक अर्ब १५ करोड पाउन्ड ऋणमा रहेको बताउनुभएको छ । बार्सिलोनाको ऋण अत्यन्तै चिन्ताजनक रहेको उहाँले बताउनुभयो । क्लबले दिने भुक्तानी हाल कुल आम्दानीको करिब १०३ प्रतिशत हो । जुन ला लिगाकै अन्य क्लबको भन्दा करिब २० देखि २५ प्रतिशत बढी हो ।

लर्पोटाले निवर्तमान अध्यक्ष जोसेप मारियाका कारण ऋणको दायित्व बढेको आरोप लगाउनुभयो । लियोनल मेस्सीको सम्झौता थप्दा बार्सिलोनाको नियमित तलब भुक्तानी आम्दानीको अपेक्षा ११० प्रतिशतसम्म पुग्ने थियो । तर ला लिगाले मेस्सीको अनुबन्धन थप्ने बार्सिलोनाको प्रस्ताब अस्वीकार गर्यो ।

तपाईको प्रतिक्रिया