काठमाडौँ, साउन ३० : वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्राहीलाई अब लाइन बस्नुु नपर्ने भएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकले अबदेखि वैदेशिक क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले इमेलमार्फत पठाउने व्यवस्था गरेसँगै अब सेवाग्राहीलाई लाइन बस्नुुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मन्त्रालयबीच शुक्रबार भएको छलफलपछि उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो । क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र दिने कार्य श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा विदेश जाने युवाले टिकटसमेत गुमाउनुपरेको गुुनासोसहितको समाचार प्रकाशित भएपछि शुक्रबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सेवाग्राहीलाई लाइन बस्नुु नपर्ने व्यवस्था गर्नुभएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच सामान्य कुरामा पनि समन्वय नभएका आएको समस्या ढिलै भए पनि समाधान भएको र अब सेवाग्राहीलाई धेरै राहत हुुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य विभागअन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रका अनुसार नयाँ स्टिमको पनि विकास गरिएकाले अब एउटै व्यक्तिले १० पटकसम्म अनलाइन फर्म भर्ने समस्याको अन्त्य भएको छ । सो केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. दीपक झाले सेवाग्राहीले सबै कागजात अपलोड गरेपछि क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणत्रका लागि आवश्यक कागजात इमेल अवलोड गरेपछि क्यूूआर कोड म्यानपावरमा अटोमेट्रिक जाने व्यवस्था गरिएको जानकारी दिनुुभयो । कोड नम्बर इजाजत संस्थामा आएको दुुई घण्टाभित्र सेवाग्राहीको इमेलमार्फत पुुग्ने व्यवस्था गरिने वैदेशिक रोजगार सङ्घका महासचिव सुजित श्रेष्ठले जानकारी दिनुुभयो । यस प्रकारको सेवा कार्यान्वयन भएपछि सेवाग्राहीलाई धेरै राहत हुने र टिकट छुुट्ने सम्भावना पनि नहुने उहाँको भनाइ छ ।
खोप केन्द्रका अनुसार अहिलेसम्म २० हजारभन्दा बढीको क्यूूआर कोड जारी भइसकेको छ । केन्द्रका अनुसार विदेश जानेहरूले अनलाइन पोस्ट रजिस्ट्रेसन गरी आवश्यक विवरण तथा कागजात ‘अपलोड’ गर्नुपर्ने हुन्छ । अनलाइनबाट भर्नेले कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ । जसमा भिसा, टिकट र राहदानीको प्रतिलिपि चाहिन्छ ।