ब्याटिङ गर्ने निमन्त्रणा पाएको भारतको उत्कृष्ट सुरुवात

  साउन २९, २०७८

काठमाडौं, साउन २८ : भारतले इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्टमा टस हारेर ब्याटिङ गर्ने आमन्त्रण पाएको छ । वर्षाले टसमा ढिलाइ हुन पुगेको थियो । इंग्ल्याण्डका कप्तान जोइ रुटले टस जितेर भारतलाई ब्याटिङका लागि आमन्त्रण गर्नुभएको छ ।

पहिलो दिनको खेल जारी रहँदा भारतले बिना कुनै क्षतिमा ४६ रन जोडेको छ । रोहित शर्माले ३५ तथा करण लोकेश राहुलले १० रन बनाएर ब्याटिङ गर्नुभएको छ । दिनको खेलमा अझै ७१ ओभर बाँकी रहेको छ । पहिलो टेष्ट खेल वर्षाले प्रभाबित भई बराबरीमा सम्पन्न भएको थियो ।

भारतले घाइते हुनुभएका तीब्र गतिका बलर एवम् अलराउन्डर श्रद्धुल ठाकुरको स्थानमा इशान्त शर्मालाई स्थान दिएको छ । इंग्ल्याण्डले भने ब्याटिङ अलराउन्डर मोइन अलिलाई स्थान दिएको छ । स्टुअर्ट ब्रोड भने घाइते भएर बाहिरिनुभएको छ ।

तपाईको प्रतिक्रिया