मैत्रीपूर्ण खेलको तयारीका लागि भारतीय फुटबल टोलि कलकत्ता पुग्दै

  साउन २९, २०७८

काठमाडौं, साउन २८ : भारतीय फुटबल टोलिले नेपाल बिरुद्धको मैत्रीपूर्ण फुटबलको तयारी तथा अभ्यास कलकत्तामा गर्ने भएको छ । भारतको राष्ट्रिय फुटबल टोलि अभ्यासको क्रममा कलकत्ता पुग्न लागेको पन्ध्र वर्षपछि हो ।

भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार आगामी सोमबारदेखि भारतीय फुटबल टोलिले अभ्यास सुरु गर्नेछ । यसअघि सन् २००६ मा फिफा विश्वकप छनोटको तयारीका क्रममा भारतीय टोलि कलकत्तामा अभ्यास गरेको थियो । प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक २३ सदस्यीय टोलिको घोषणा गर्नुभएको छ ।

प्रशिक्षणमा २३ सदस्यीय टोलि रहनेछ । राष्ट्रिय टोलिमा समेत पर्ने क्षमता बोकेका मोहन बगान र बैंग्लुरु एफसीका खेलाडी भने समेटिएका छैनन् । दुबै क्लब माल्दिभ्समा हुने एएफसी कपको तयारीमा छन् । उक्त स्पर्धा सके लगत्तै टोलिका सदस्य प्रशिक्षणमा पुग्ने बताइएको छ ।

प्रशिक्षणमा सहभागी हुने २३ सदस्यीय टोलिमा गोलरक्षकहरु धीरज सिंह मोरङ्गथेम, विशाल कैथ, डिफेन्डरहरु आशिष राई, सेरिटन फर्नान्डेज, अदिल खान, चिङ्ग्लेसाना सिंह, राहुल भेके, आकाश मिश्र, मन्दार राउ देसाइ र ब्रान्डन फर्नान्डेज हुनुहुन्छ ।

त्यसैगरी, ललेङ्गमाविया, ग्लैन मार्टिन्स, जिक्सन सिंह, अनिरुद्ध थापा, ब्रान्डन फर्नान्डेज, साहल अब्दुल समाद, हलिचरण नजारी, बिपीन सिंह र यासिर मोहम्मद मीडफिल्डरका रुपमा समेटिएका छन् । फरवार्डस्मा राहुल केपी, फारुख चौधरी, इशान पण्डीता र रहिम अलि हुनुहुन्छ ।

मोहन बगान र बैंग्लुरु एफसीबाट गोलरक्षकहरु अम्रिन्दर सिंह, गुरप्रित सिंह पछि आबद्ध हुनुहुनेछ । नेपालले भारतीय फुटबल टोलिसँग आगामी सेप्टेम्बर २ र ५ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण स्पर्धा खेल्नेछ ।

तपाईको प्रतिक्रिया