टोकियो ओलम्पिक सम्पन्न, अमेरिका शीर्ष स्थानमा रह्यो

  साउन २५, २०७८

काठमाडौं, साउन २४ : निर्धारित समयभन्दा करिब एकवर्ष पछि सुरु भएको टोकियो ओलपिम्पक सफलतापूर्बक सम्पन्न भएको छ। आयोजक शहर टोकियोमा दैनिक कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गरेपनि जापानले ओलम्पिकलाई सफलतापूर्बक सम्पन्न गर्नु चुनौतीपूर्ण बनेको थियो । टोकियो ओलम्पिकमा संयुक्त राज्य अमेरिका प्रथम भएको छ ।

पदक तालिका र सबैभन्दा बढी स्वर्ण जित्ने गरी दुबै तालिकामा अमेरिका शीर्ष स्थानमा रहन सफल भयो । ओलम्पिक अबधिभरि अधिकांश समय शीर्ष स्थानमा रहेको चीन अन्तिम दिन धकेलिन पुग्यो । आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हासिल गरेको छ ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहयो । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ । पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया, नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् ।

अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ । दशौँस्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ । एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका राष्ट्र पदक तालिकामा निकै पछाडि देखिए । भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ । गत जुलाई २३ बाट सुरु भएको ओलम्पिक १७ दिनसम्म चलेको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।

तपाईको प्रतिक्रिया