ओलम्पिकमा सात पदक जित्ने पहिलो खेलाडी महिलाको कीर्तिमान

  साउन १७, २०७८

काठमाडौं, साउन १७ : ओलम्पिकमा एकै खेलमा सात पदक जित्ने अष्ट्रेलियाकी एम्मा म्याकिओन पहिलो खेलाडी महिलाको कीर्तिमान बनाउनुभएको छ । उहाँले आइतबार सम्पन्न चार सय मिटर रिलेमा अमेरिकी पौडीबाजलाई पछार्दै स्वर्ण जितेपछि ओलम्पिकमा सात पदक जित्ने पहिलो खेलाडी महिलाको कीर्तिमान बनाउनुभएको छ ।

हालसम्म कुनै पनि प्रतियोगितामा एक खेलाडीले सात पदक जितेको यो पहिलो अबसर हो । २७ वर्षीया म्याकेनले चार स्वर्ण र तीन रजत जित्नुभएको छ । यसअघि जर्मनीकी कस्र्टिन ओटटोले सन् १९५२ मा छ पदक जित्नुभएको थियो । उक्त कीर्तिमानलाई सन् २००८ मा अमेरिकी नेटली कौलिनले बराबरीमा गर्नुभएको थियो ।

अत्यन्तै रोमाञ्चक स्पर्धामा अष्ट्रेलियाकी केली म्याकेउन, चेलसी हजेज, एम्मा म्याकेन र केट क्याम्पबेलले अमेरिकी टोलिलाई पछि पारेको हो । अष्ट्रेलियाली पौडीबाजले तीन मिनेट ५१ सेकेण्ड ६० मिलिसेकेण्डमा उक्त दूरी पार गर्नुभयो । अमेरिकी पौडीबाजले तीन मिनेट ५१ सेकेण्ड ७३ मिलीसेकेण्डमा उक्त दूरी पार गरेर रजत पदक जित्दा क्यानाडाका पौडीबाजले तीन मिनेट ५२ सेकेण्ड ६० मिलिसेकेण्डमा पूरा गरेर काँस्यपदक जिते ।

तपाईको प्रतिक्रिया