काठमाडौं, साउन १७ : जर्ज बैली अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट चयन समितिको अध्यक्ष नियुक्त हुनुभएको छ । ट्रेभर हन्स सेवानिवृत्त भएपछि बैलीलाई उक्त जिम्मेवारी दिइएको हो ।
जर्ज बैलीले अष्ट्रेलियाका लागि १२५ अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गर्नुभएको छ । उहाँले सन् २०१९ मा चयन समिति सदस्यको रुपमा प्रबेश गरेका बैलीले आगामी टी ट्वान्टी विश्वकप र एशेज श्रृखंलाका लागि टोली चयन गर्नुहुनेछ ।
ट्रेभर हन्स करिब २१ वर्षसम्म चयन समितिमा रहेर काम गर्नुभयो । १६ वर्षसम्म चयन समितिको अध्यक्ष रहनुभएका हन्स पहिलो पटक सन् १९९१ देखि २००५ सम्म र त्यसपछि २०१६ देखि २०२१ सम्म अध्यक्षको रुपमा कार्यभार सम्हाल्नुभयो ।