नाइजेरियाली ओकाबेर परीक्षणमा असफल, ओलम्पिकबाट बाहिरिइन

  साउन १६, २०७८

काठमाडौं, साउन १६ : नाइजेरियाली स्प्रिन्टर ब्लेसिङ्ग ओकाबेर टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । डोपिङ्ग परीक्षणमा मानव विकास हर्मोनको नतिजा पोजेटिभ आएपछि स्पर्धा सुरु हुनुअघि उहाँलाई निलम्बन गरिएको छ ।

ओकाबेरले महिला १०० मिटर दौडको सेमीफाइनलमा शनिबार स्पर्धा गर्ने तय भएको थियो । तर गत् जुलाई १९ मा गरिएको परीक्षणको नतिजा आएको एथलेटिक्स इन्टिग्रेटी यूनिटले जनाएको छ ।

उक्त परीक्षणको नतिजा शुक्रबार अबेर फिल्डमा रहेका एन्टि डोपिङ्ग निकाय समक्ष पुग्दा ओकाबेरले १०० मिटर दौडको सुरुवाती दिनको स्पर्धामा दौडिसक्नुभएको यूनिटले उल्लेख गरेको छ ।

यूनिटले शनिबार बिहान ओकाबेरलाई नतिजाबारे जानकारी गराएको छ । ३२ वर्षीया ओकाबेर सन् २००८ को वेइजिङ्ग ओलम्पिक र सन् २०१३ को विश्व च्याम्पियनशीपमा ‘लङ्ग जम्प’मा रजत पदक जित्नुभएको छ ।

तपाईको प्रतिक्रिया