शीर्ष वरीयताका जोकोभिच ओलम्पिकबाट रित्तो फर्किए

  साउन १६, २०७८

काठमाडौं, साउन १६ : टेनिसको शीर्ष वरीयताका नोभाक जोकोभिच टोकियो ओलम्पिकबाट रित्तो फर्किनुहुने भएको छ । प्ले अफमा पाब्लो कर्रेनो बुस्टासँग हार बेहोरेपछि जोकोभिच काँस्य पदक समेत हात नपारी टोकियो ओलम्पिकबाट रित्तो फर्किनुहुने भएको हो ।

शनिबारकै लागि निर्धारित संयुक्त स्पर्धाबाट उहाँ चोटका कारण नाम फित्र्ता लिनुपर्यो । जोकोभिचले मिश्रितमा भने सर्बियाकै निना जानोभिकसँग खेल्नुपर्नेमा काँधमा चोट आएको कारण देखाउँदै नाम फित्र्ता लिनुभयो । उक्त स्पर्धाको पदक टेनिस महिलाको शीर्ष वरीयतामा रहनुभएकी आश बार्टी र जोह पीयर्सले हात पार्नुभयो ।

विश्व वरीयताका ११ औं स्थानमा रहनुभएका बुस्टाले दोस्रो सेटमा अङ्क खेल फाल्दा टाइब्रेकमा टुंगियो । तेस्रो सेट भने उहाँले ६–४ ६–७ ६–३ ले जित्दै खेल आफ्नो पक्षमा पार्नुभयो । तेस्रो सेटमै जोकोभिचको निधार ‘नेट’मा लाग्न पुग्यो ।

तपाईको प्रतिक्रिया