काठमाडौं, साउन १४ : जिम्नाष्टिक अलराउन्डतर्फको स्वर्ण अमेरिकाकी सुनिसा लीले जित्नुभएको छ । अमेरिकाकै सिमोन बाइल्सले मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै फाइनलबाट नाम फित्र्ता लिएपछि सुनिसाले स्वर्ण जितेको ‘स्टयान्ड’बाट नियाल्नुभएको थियो ।
ओलम्पिकमा पहिलो पटक सहभागी हुनुभएकी १८ वर्षीया सुनिसाले अमेरिकी टोलिको स्पर्धामा मंगलबार रजत पदक जित्नुभएको थियो । महिला अलराउन्डतर्फ उहाँले ५७.४३३ अङ्क जोड्नुभयो ।
ब्राजिलकी रेबेका अन्द्रेदले रजत तथा रुसकी एञ्जेलिना मेनिकोभाले कास्य पदक जित्नुभयो । सिमोन बाइल्सले सहखेलाडीको जितपछि थपडी बजाएर उत्साहित महसुस गर्नुभएको देखिएको थियो ।