आठ खेलाडी श्रीलङ्का बिरुद्धको अन्तिम टी ट्वान्टीमा पनि नखेल्ने

  साउन १५, २०७८

काठमाडौं, साउन १४ : क्रूनाल पाण्ड्याको सम्पर्कमा आएका श्रीलङ्का भ्रमणमा रहेको भारतका आठ जना खेलाडी तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा समेत सहभागी नहुने भएको छ ।

दोस्रो टी ट्वान्टीमा बाहिरिएका पृथ्वी शा, सूर्यकुमार यादब, मनिष पाण्डे, हार्दिक पाण्डया, युज्वेन्द्र चाहल, इशान किशन र के गौतम अन्तिम टी ट्वान्टीमा समेत नखेल्ने हुनुभएको हो । प्रमुख खेलाडीको अनुपस्थिति भारतीय क्रिकेट टोलिले श्रीलङ्का बिरुद्धको दोस्रो टी ट्वान्टीमा हार बेहोरेको थियो ।

क्रूनालसँग सम्पर्कमा आएपछि आठैजनाको पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण निगेटिभ आएपनि सम्पर्कमा आएकाले आठ जना खेलाडी क्वारेन्टिनमा बस्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आठ जना खेलाडीको नाम नखुलाएपनि दोस्रो टी ट्वान्टी अनुपस्थित भए ।

श्रीलङ्का भ्रमणमा २० जना खेलाडी पुगेकोमा एक जना सङ्क्रमित र आठ जना क्वारेन्टिनमा बसेपछि भारतीय क्रिकेट टोलि ब्यवस्थापन बाँकी रहेका ११ खेलाडीलाई मात्रै लिएर दुई टी ट्वान्टी खेल्नु परेको छ । तेस्रो तथा अन्तिम टी ट्वान्टी आज कोलम्बोमा खेलाइदैछ ।

तपाईको प्रतिक्रिया