पहिलो टी ट्वान्टीमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई हरायो

  साउन ०५, २०७८

काठमाडौं, साउन ५ : दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आयरल्याण्डलाई ३३ रनले हराएको छ । दक्षिण अफ्रिकाले पहिलो टी ट्वान्टीमा जितसँगै तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।

आयरल्याण्डले १६५ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा नौ बिकेटको क्षतिमा १३२ रन मात्रै जोडन सक्यो । आयरल्याण्डको पारीमा हयारी टेक्टरले ३६ तथा बेरी म्याकार्थीले ३० र कप्तान एण्डी बलब्रिनले २२ रनको योगदान गर्नु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।

अफ्रिकी बलरहरुमा तबरैज सम्सीले सर्बाधिक चार तथा लुङ्गी एनगिडी र जर्ज लिण्डेले सामान दुई दुई एवम् कगिसो रबाडाले एक विकेट लिए ।
त्यसअघि, डब्लीनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाहुना टोलिले २० ओभरमा सात विकेटको क्षतिमा १६५ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा एडन मक्रामले सर्बाधिक ३९ तथा देविड मिलरले २८ रनको योगदान दिए ।

तपाईको प्रतिक्रिया