डच फुटबलर आर्जेन रोबेन अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

  साउन ०१, २०७८

काठमाडौं, साउन १ : डच फुटबलर आर्जेन रोबेन दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । सन् २०१९ मा उहाँले पहिलो पटक सन्यास लिने घोषणा गर्नुभएको थियो । तर उक्त घोषणा गरेको केही समय नबित्दै उहाँले आफ्नो पहिलो क्लब ग्रोनिञ्जेनका लागि फित्र्ता हुनुभएको थियो ।

पटक पटक घाइते भएका ३७ वर्षीय रोबेनको खेल कोरोना महामारीले थप प्रभाबित भएपछि बिहीबार सन्यासको घोषणा गर्नुभएको छ । रोबेनले दुई पटक प्रिमियर लिगको उपाधि जित्नुभएको छ । दुई पटक लिग कप र चेलसीमा रहँदा एक पटक एफ ए कपको उपाधि जित्नुभएको छ । नेदरल्याण्ड्सका लागि ९६ खेलमा प्रतिनिधित्व गर्नुभएका उहाँले ३७ गोल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया