काठमाडौं, असार ३१ : इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका थप चार जना दश दिने क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ऋषभ पन्तपछि अर्को एक जना कर्मचारीमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आईसोलेशनमा बस्नुपर्ने एक प्रशिक्षण कर्मचारी, एक वरिष्ठ खेलाडी, एक आरक्षित खेलाडी र अर्को सहयोगी कर्मचारी छन् । ऋषभ पन्त गत् जुलाई १० मा सङ्क्रमित हुनुभएको थियो । चार दिनपछि बिहीबार अर्को एक जना सहयोगी कर्मचारी सङ्क्रमित हुन पुगेका छन् ।