काठमाडौं, असार ३१ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले सी डिभिजन फुटबल लिगमा सहभागी हुने छनौट प्रतियोगितामा दत्र्ता हुन देशभरिका फुटबल क्लबलाई आव्हान गरेको छ । छनौट प्रतियोगिता भदौ १ गतेदेखि हुने निर्धारण गरिएको छ । यद्दपी कोभिड १९ को अवस्था मूल्याङ्कन र सरकारसँग अनुमति लिएपछि मात्रै एन्फाले फुटबल गतिबिधि सञ्चालन गर्न पाउनेछ ।
एन्फाले देशभरिका क्लबलाई साउन २५ गतेभित्र क्लब दत्र्ता गर्न आग्रह गरेको छ । क्लब प्रबेशका लागि एन्फाले ३० हजार रुपियाँ तिर्नुपर्ने जनाएको छ । त्यसैगरी, जिल्ला प्रशासन, राखेप, खेलकुद बिकास समिति वा स्थानीय तहमा दत्र्ता भएको प्रमाण पत्र, स्थायी लेखा नम्बर, क्लबको कार्यसमितिको निर्णय, लेखा परीक्षण बिवरण र विधानको प्रतिलिपि एन्फा सचिबालयमा बुझाउन उसले शर्तहरु राखेको छ ।