काठमाडौं, असार ३० : आयरल्याण्डले दक्षिण अफ्रिकी क्रिकेट टोलिलाई हराएको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले दक्षिण अफ्रिकामाथि ४३ रनको फराकिलो अन्तरको जित हात पारेको हो । जितसँगै आयरल्याण्डले तीन खेलको एकदिबसीय श्रृखंलामा १–० को अग्रता लिएको छ ।
आयरल्याण्डले प्रस्तुत गरेको २९१ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले खेल सकिन नौ बल बाँकी छदै मात्र २४७ रनमा समेटिन पुग्यो । दक्षिण अफ्रिकी पारीमा जान्नेमन मलानले सर्बाधिक ८४ रनको पारी खेल्नुभयो । रस्सी भान डर दुस्सैनले ४९ रनको योगदान दिनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । आइरिश बलरहरुमा एन्डी म्याकब्रैन, मार्क अदैर र जोश लिटलले सामान दुई दुई तथा क्रैग योङ्ग, सिमी सिंह र जर्ज डक्रैलले सामान एक एक विकेट लिए ।
त्यसअघि, डब्लिनमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको आयरल्याण्डले ५० ओभरमा पाँच विकेटको क्षतिमा २९० रनको योगफल तयार गर्यो । कप्तान एवम् ओपनर ब्याट्सम्यान एन्डी बलब्रिनले शतकीय पारी खेल्दा आयरल्याण्डले उत्कृष्ट सुरुवात गर्न पुग्यो । मध्यक्रममा हयारी टेक्टरले ७९ तथा जर्ज डक्रैलले ४५ रनको योगदान गर्दा आयरल्याण्ड औसत योगफलसम्म पुग्न सफल भयो । फ्रिकी बलरहरुमा एन्डील फेहलुक्वायोले सर्बाधिक दुई तथा केशव महाराज, तबरैज सम्सी र कगिसो रबाडाले एक एक विकेट लिए ।