काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय प्रबासी कामदारको संख्या तीन प्रतिशतले बृद्धि भएको छ । गएको चारवर्षमा उक्त बृद्धि भएको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०१९ मा १६ करोड ४० लाख रहेकोमा सन् २०२१ मा उक्त संख्या १६ करोड ९० लाख पुगेको छ । सन् २०१३ पछि प्रबासी कामदारको संख्या १२.७ प्रतिशतले बढेको हो ।
प्रबासी कामदारको ४१.४ प्रतिशत अरब राष्ट्रमा कार्यरत छन् । प्रबासी कामदारमध्ये ४१.५ प्रतिशत महिला र ५८.५ प्रतिशत पुरुष छन् ।
अरब राष्ट्र, एशिया र प्रशान्त क्षेत्र प्रत्यकले दुई करोड ४० लाख प्रबासी कामदारलाई काम दिएको छ । अफ्रिकामा प्रबासी कामदारको संख्या एक करोड ३७ लाख छन् । श्रम संगठनको उक्त तथ्याङ्क १८९ राष्ट्रमा गरिएको अध्ययनपछि सार्बजनिक गरिएको छ ।