केभिन डे ब्रुनले बेल्जियमलाई अन्तिम १६ मा पु-याए

  असार ०४, २०७८

काठमाडौं, असार ४ : केभिड डे ब्रुनले निर्णायक गोल गरेपछि बेल्जियमले डेनमार्कलाई हराएर युरोकप फुटबल २०२० को अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । बेल्जियमले डेनमार्कमाथि २–१ को जित हात पार्यो ।

डेनमार्कका डिफेन्डर क्रिश्चियन एरिक्सन फिनल्याण्ड विरुद्धको खेलमा ढलेर अस्पताल भर्ना हुनुभएको छ । एरिक्सनको सम्मानसहित मैदानमा उत्रेको डेनमार्कले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै विश्व वरीयताको शीर्षस्थानमा रहेको बेल्जियममाथि १–० को अग्रता बनायो । युसूफ पौलसनले आयोजक डेनमार्कलाई एक मिनेट ३९ सेकेण्ड मात्रै बित्दा गोल गरेर अग्रता दिलानुभयो । तर उक्त अग्रता पहिलो हाफसम्म मात्र टिक्न सक्यो ।

५४ औं मिनेटमा रोमेलु लुकाकुको पासलाई डे ब्रुनले थोर्गन हजार्डसम्म पुर्याउँदा हजार्डले कुनै गल्ती गर्नुभएन । र बेल्जियमलाई १–१ को बराबरीमा ल्याउनुभयो । खेल सकिन मात्र २० मिनेट बाँकी छँदा रोमेलु लुकाकुको पासलाई डे ब्रुनले गोलको दिशा दिनुभयो । मार्टिन ब्रैथवेटले गर्नुभएको हेडर बारको माथिबाट उछिट्टिन पुग्दा डेनमार्क अग्रता लिनबाट चुक्यो । जितसँगै बेल्जियम समूह बी को शीर्षस्थानमा उक्लेको छ । डेनमार्क भने अङ्कतालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया