क्रेसिकोभा फ्रेञ्च ओपनको फाइनलमा पुगिन्

  जेठ २९, २०७८

काठमाडौं, जेठ २८ : चेक रिपब्लिककी बारबोरा क्रेसिकोभा फ्रेञ्च ओपन टेनिसको फाइनलमा पुग्नुभएको छ । उहाँले पहिलो पटक कुनै पनि ग्राण्ड स्लामको फाइलनसम्मको यात्रा गर्नुभएको हो ।

तीन घण्टासम्म चलेको सेमीफाइनल खेलमा २५ वर्षीया क्रेसिकोभाले ७–५ ४–६ ९–७ को सेटमा मारिया सक्कारीलाई हराउनुभयो । क्रेसिकोभाले फाइनलमा ३१ औं वरीयताकी एनास्टासिया पेभ्लुचेन्कोभाको सामना गर्नुहुनेछ ।

पेभ्लुचेन्कोभा समेत पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा पुग्नुभएको छ । उहाँले पहिलो सेमीफाइनल खेलमा स्लोभानिकी तमारा जिन्सेकलाई ७–५ ६–३ को सोझो सेटमा पराजित गर्नुभएको थियो ।

२९ वर्षीया पेभ्लुचेन्कोभा टेनिसको प्रतिभावान खेलाडी भए पनि हालसम्म ग्राण्ड स्लामको सेमिफाइनलसम्म पुग्न सक्नुभएको थिएन ।

तपाईको प्रतिक्रिया