नापी सर्भेयर धितालसहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल

  जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज  बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको  पिक प्रमोसन नेपालका प्रमुख बाबु शेर्पाले जानकारी दिनुभयाे ।

धिताललाई चुचुरोसम्म पुग्न आरोही गाइड नुरी शेर्पाले सहयोग गरेका थिए । सन् २०१९ मा सगरमाथाको उचाई मापनका लागि नापी विभागका सर्भेयर खिमलाल गौतम सहितको कर्मचारी टोलीले सगरमाथा आरोहण गर्नुभएको थियो । यो सहित गरि नापी विभागका तीन जना सर्भेयरहरूले सगरमाथा आरोहण गर्न सकेका छन् ।

थप एक निजामती कर्मचारीको पाईला सर्वोच्च चुलीमा पर्न सफल भएको छ। हालसम्म सर्भेयर युवराज धिताल सहित ११ जना निजामती कर्मचारीहरुले सगरमाथा आरोहण गरेको पहिलो सर्भेयर आरोही गौतमले जनाएका छन ।

अव यो मौसमको सगरमाथा आरोहण अन्तिम अवस्थामा पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । यस वर्ष ४०८ जना आरोहीले आरोहण अनुमती लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले आरोहण सम्पन्न गरी सकेको समेत श्रेष्ठले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया