काठमाडौं, जेठ ५ : चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजकमार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी काठमाडौंमा पहिलो मात्रा खोप लगाएर उपत्यका बहिर रहेकाहरुको लगत तयार भएपछि प्रदेशको समन्वयमा यथाशीघ्र खोपको व्यवस्था मिलाइने हुँदा सवारी पास बनाएर आवतजावत नगर्न आग्रह गरेको छ ।