काठमाडौं, जेठ ५ : चेलसी च्याम्पियन्स लिगमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । लेष्टर सिटीमाथि जितसँगै चेलसी प्रिमियर लिग अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । चेलसीले ३७ खेलबाट ६७ अङ्क बटुलेको छ ।
शीर्षस्थानको म्यान्चेष्टर सिटीले ३७ खेलबाट ८३ अङ्क जोडेको छ । म्यान्चेष्टर यूनाइटेड समान खेलबाट ७१ अङ्क बटुलेको छ । लेष्टर सिटी भने ३७ खेलबाट ६६ अङ्क जोडेको छ । तर लेष्टर भने पाँचौं स्थानको लिभरपुलले ३६ खेलबाट ६३ अङ्क बटुलेको छ । बुधबारका लागि निर्धारित खेलमा लिभरपुलले बर्नलीमाथि जित हात पारे लेष्टर सिटी पाँचौं स्थानमा चिप्लिनेछ ।
तीन दिनअघि मात्रै एफ ए कपको फाइनलमा लेष्टर सिटीसँग १–० को हार बेहोरेको चेलसीले उक्त हारको बदला लिन सफल भयो । चेलसीको जितमा एन्टोनियो रुडिगर र जोर्जिन्होले समान एक एक गोल गरे । ४७ औं मिनेटमा रुडिगरको गोलबाट १–० को अग्रता बनाएको चेलसीले ६६ औं मिनेटमा जोर्जिन्होको गोलको सहयोगमा अग्रतालाई दोब्बर पार्यो ।
७६ औं मिनेटमा केलेची इहिनाचोले गोल फर्काएर खेल १–२ को स्थितिमा ल्याउनुभयो । पुनरागमन गोलसँगै लेष्टरका लागि उहाँले केही आशा जगाउनुभयो । तर लेष्टरले ले कुनै अवसर सृजना गर्न सकेन ।