ब्राइटनले म्यान्चेष्टर सिटीलाई हरायो

  जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : च्याम्पियन्स लिगको उपाधि जित्ने तयारीमा गरिरहेको म्यान्चेष्टर सिटी प्रिमियर लिगमा ब्राइटनसँग हार बेहोरेको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले १५ औं स्थानमा रहेको ब्राइटनसँग २–३ ले हार बेहोरेको छ ।

प्रिमियर लिगको विजेता सिटीले मई २९ मा च्याम्पियन्स लिगको उपाधिको लागि चेलसीसँग स्पर्धा गर्नेछ । एमेक्स रङशालामा गए राति सम्पन्न खेलको दोस्रो मिनेटमै इल्कै गुण्डोगनले सुरुवाती गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाउनुभयो । जुआओ केन्सेलोले डेनी वेल्ब्याकलाई लडाउन पुग्दा सिटी दशौं मिनेटमा नै दश खेलाडीमा सीमित हुन पुग्यो ।

फिल फोडेनले ४८ औं मिनेटमा गोल गर्दा म्यान्चेष्टर सिटीले खेलमा २–) को अग्रत लिन सफल भयो । तर अग्रता दोब्बर पारेको दुई मिनेट नबित्दै ब्राइटनले पुनरागमन गदै लगातार तीन गोल जोडेर सिटीमाथि ३–२ को जित हात पार्न सफल भयो ।

ब्राइटनका लागि ४८ औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डल गोल गर्दै खेल १–२ को स्थितिमा ल्याउनुभयो । एडम वेब्स्टरले ७२ औं मिनेटमा बराबरी गोल फर्काउनुभयो । डेन बर्नले ७६ औं मिनेटमा गोल थप्दा ब्राइटनले शीर्ष स्थानको सिटीलाई ३–२ ले हराउन सफल भयो ।

तपाईको प्रतिक्रिया