बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी

  जेठ ०५, २०७८

बाजुरा, जेठ ५ : बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । 

गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ । गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७८ को वैशाखमै फल्नथालेपछि स्थानीयको मुहारमा खुशी छाएको हो ।

परीक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ लगाएको एक वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि पुःन स्याउ खेती गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । यो वर्षमा पनि फागुनमा गौमुल १, ३, र ४ वडाको बाँझो रहँदै आएको जमिनमा एक हजार ६ सय गोल्डेन जातको स्याउ रोप्नको गौमुल गाउँपालिकाको कृषि शाखा प्रमुख दिपेन्द्र सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो् , कृषि ज्ञान केन्द्र बाजुराबाट एक हजार र गाउँपालिकाबाट ६ सय गरी यो वर्षमा एक हजार ६ सय बोट लगाएको थियो । गौमुल गाउँपालिकाको १ अम्लिसमा दुइ सय ३ को धौलकाँडा दुइ सय र ४ को बाँस सैनमा एक हजार बोट गरी सोह्र सय गोल्डेन स्याउ रोपेको शाखा प्रमुख सार्कीले बताउनुभयो ।

इटाली र साइव्रेरियाबाट मनाङ् जिल्लाको एग्रोमनाङ्ग प्रालिले नेपालमा भित्र्याएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रोमनाङ्गलाई समन्वय गर्दै बाजुरामा यो स्याउ ल्याएको गौमुल गाउँपालिको कृषि विकास शाखाले जनाएको छ । समुन्द्री सतहदेखि १८ सय मिटरभन्दा माथि यो स्याउ फल्न सक्ने भएकोले गौमुलले परीक्षण गर्न ५ सय बोट बाजुरामा ल्याएर स्याउ खेती सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।

फुँजी, गाला र गोल्डेन जातको स्याउ अरुभन्दा ,बढी फल्ने , अरुको भन्दा बढी मूल्य पर्ने र पोषकतत्व पनि अरुभन्दा बढी हुने भएकोले यो स्याउ खेतीबाट याहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि हुने भएकोले गौमुलमा स्याउँ खेतीको सुरुवात गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, यो सँगै दुइ हजार ४ सय बोट ओखर खेती पनि सुरु गरेको छ । यो ओखर पनि लगाएको ४ महिनामै फल्न सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया