काठमाडौं, वैशाख १२ : नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरियता जारी गरेको हो ।
मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो । स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत छ ।
नयाँ वरियता बमोजिम नेपालले २८ खेलबाट पाँच हजार ११३ प्वाइन्ट्स र १८३ रेटिंग्स पाएको छ । स्कटल्याण्डको भने १७ खेलबाट तीन हजार ९६ प्वाइन्ट्स र १७९ रेटिंग्स छ ।
मलेसिया भने एक स्थान तल झरेको छ । यसअघि ३१ औं स्थानमा रहेको मलेसिया नयाँ वरियतामा ३२ औं स्थानमा झरेको हो । मलेसियालाई यूगान्डाले उछिनेको हो ।