काठमाडौं, वैशाख २ : इन्डियन प्रिमियर लिग(आईपीएल)को छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई हराएको छ । लिगको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई हराएको बैंगलोरले दोस्रो खेलमा हैदराबादलाई हराएको हो । बैंगलोरले हैदराबादमाथि मात्र छ रनको जित हात पारेको हो ।
बैंगलोरले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याउँदै हैदराबादले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो । १३ रनमा ऋधिमन शाहको रुपमा पहिलो विकेट गुमाएको हैदराबादका लागि कप्तान देविड वार्नरले मनिष पाण्डेसँग ८३ रन जोड्नुभयो । १६ औं ओभरको पहिलो बलमा जोनी बैरिष्टोको रुपमा ११५ रनमा तेस्रो विकेट गुमाएको हैदराबादले थप २८ रन जोड्दा छ विकेट गुमाएपनि जित हासिल गर्न सकेनन ।
बैंगलोरका लागि मोहम्मद शहवाज अहमदले सर्बाधिक तीन तथा मोहम्मद सिराज र हर्षल पटेलले सामान दुई दुई विकेट लिँदा कायल जमीन्सनले एक विकेट लिनुभयो । त्यसअघि, चेन्नईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बैंगलोरले पुरा २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४९ रनको योगफल तयार गर्यो । बैंगलोरका लागि ग्लैन म्याक्सवैलले मात्र ४१ बलमा पाँच चौका र तीन छक्का लगाएर सर्बाधिक ५९ रनको योगदान दिनुभयो । कप्तान विराट कोहलीले ३३ रन बनाउनुभयो ।
हैदराबादका लागि जैसन होल्डरले सर्बाधिक तीन, राशिद खानले दुई तथा जैसन होल्डर, शहवाज नदीम र टी नटराजनले सामान एक एक विकेट लिनुभयो । म्याक्सवैल प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्तको सातौं खेलमा राजस्थानले देल्ही क्यापिटल्सको सामना गर्दैछ । देल्हीले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो ।