सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

  चैत ३०, २०७७

काठमाडौं, चैत २९ : नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा आठ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि हो ।

सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

तपाईको प्रतिक्रिया