बुधबार सुनको मूल्य बढ्याे

  चैत २५, २०७७

काठमाडौं, चैत २५ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपियाँले वृद्धि भएको छ । महासंघका अनुसार पाँच सयले वृद्धि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपियाँ थियो ।

तपाईको प्रतिक्रिया